दफा ६६
धितोपत्र व्यवसायीको अधिकार
(१) धितोपत्र व्यवसायीलाई सुनुवाईको उचित मौका नदिई निजले प्राप्त गरेको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गरिने छैन । (२) धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्दा त्यसको लिखित सूचना सम्बन्धित धितोपत्र व्यवसायीलाई दिनुपर्नेछ र त्यस्तो सूचनामा त्यसरी निलम्बन वा खारेज गर्नु पर्ने कारण, निलम्बन वा खारेजी लागू हुने मिति र निलम्बन भएकोमा निलम्बनको अवधि उल्लेख गर्नु पर्नेछ । (३) धितोपत्र व्यवसायीको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने गरी गरेको निर्णयमा चित्त नबुझ्ने धितोपत्र व्यवसायीले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।